दफा ६०
गैरकानूनी भेला गर्न नहुने

(१) कसैले गैरकानूनी भेला गर्न हुँदैन ।
(२) देहायको कुनै काम गर्ने उद्देश्यले भएको पाँच जना वा पाँच जनाभन्दा बढी व्यक्तिहरुको भेलालाई गैरकानूनी भेलामानिने छः–
(क) बलको प्रयोग वा प्रदर्शन गरी वा जोखिमी हातहतियार प्रदर्शन गरी,
(१) राष्ट्रसेवकलाई कानूनले तोकेको काम गर्न वा कर्तव्य पालना गर्न नदिने,
(२) कसैको सम्पत्ति लिने वा कब्जा गर्ने,
(३) कसैलाई बाटो, पानी, सार्वजनिक यातायात वा सञ्चार वा अन्य यस्तै कुनै कुरा उपभोग गर्ने हकबाटबञ्चित गर्ने,
(४) कुनै व्यक्तिलाई कानूनले गर्न नहुने काम गर्न लगाउने वा कानूनले गर्न पाउने काम गर्न नदिने।
(ख) कुनै कानून वा कानूनी कारबाहीको कार्यान्वयनमा बाधा अवरोध खडा गर्ने,
(ग) कैदको सजाय हुने कुनै कसूर गर्ने ।
(३) गैरकानूनी भेला हो भन्ने कुरा थाहा पाउँंदा पाउँंदै कुनै व्यक्ति त्यस्तो भेलामा सहभागी भएमा निजलाईहातहतियार नलिई सहभागी भएको भए छ महिनासम्म कैद र पाँच हजार रुपैयाँँसम्म जरिबाना र हातहतियार लिएर सहभागीभएको भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँँसम्म जरिबाना वा दुवै सजाय हुनेछ ।
(४) कसैले आफू सहभागी नभई कसैलाई ज्याला दिई वा अरु कुनै किसिमले प्रलोभन वा दवावमा पारी कुनै गैरकानूनी भेलामासहभागी गराएमा निज स्वयं त्यस्तो गैरकानूनी भेलामा सहभागी भएको मानी उपदफा (३) बमोजिमको सजाय हुनेछ ।